सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडक खण्डबाट प्रहरीले ५६४ किलोग्राम गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बा १२ च १७३८ नम्बरको सुमो गाडीमा गाँजा फेला पारेको हो ।
प्रहरी टोलीलाई देखेपछि चालकले गाडी छाडेर फरार भएका थिए । प्रहरीले गाडी र गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ ।
फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post