विराटनगर : अनिश्चितकालका लागि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आगामी असोज २२ गते बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले नवौँ अधिवेशनको ३२औँ बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरेको हो ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै कटहरीस्थित प्रदेशसभा भवनमा बैठक बस्ने जनाएको छ । यसअघि गत भदौ २२ गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशानुसार बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ ।
करिब एक महिनाअघि अनिश्चितकालका लागि स्थगित भएको बैठक पुनः आह्वान भएसँगै नवौँ अधिवेशनको बाँकी कार्यसूची अघि बढ्ने भएको छ ।
















Discussion about this post