Monday, October 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
in विविध, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ।

पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ।

मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ।

विसं २०७७ माघ १९ मा तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार तीन चरणमा क्रमशः १६, १७ र अर्को १७ किलोमिटर रहेको छ।

पहिलो प्याकेज उद्गम विन्दु चिवाभञ्ज्याङबाट सुरु हुन्छ। रु ५३ करोड १७ लाखमा रोशन–शिवशक्ति जेभीले ठेक्का लिएको यस प्याकेजको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ।

यस प्याकेजमा चार पटक म्याद थप भइसकेको र अन्तिम पटक थपिएको म्यादअनुसार आगामी जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ। तर उच्च पहाडी क्षेत्र भएका कारण यहाँ वर्षायाममा अत्यधिक वर्षा हुने तथा हिउँदमा चिसोले काम गर्न नसकिने भएकाले निर्माण कार्य निर्धारित अवधिमा पूरा हुन सक्ने अवस्था छैन।

यद्यपि यहाँ पछिल्लो समय मुख्य निर्माण कम्पनीले नै सडक मर्मतसम्भारको कार्य गरिरहेको प्राविधिक देवले बताए। करिब १७ किलोमिटरको दोस्रो प्याकेजको भने गत असार ११ गते ठेक्का सम्झौता तोडिएको छ।

नयाँ ठेक्का लाग्ने निश्चित नहुँदा सडक अलपत्र अवस्थामा छ। सन्तोषी शिवशक्ति जेभीले रु ४६ करोड ४६ लाखमा ठेक्का लिएको यो प्याकेजको भौतिक प्रगति केवल १६ प्रतिशतमा सीमित भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमले ठेक्का तोडेको थियो।

तीन पटक म्याद थप भएको यस प्याकेजमा गत वर्षको पुस मसान्तमा ठेक्का अवधि समाप्त भएको थियो। तर निर्माण कम्पनीले ठेक्का सम्झौता तोड्ने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत विराटनगर इलाम इजलासमा रिट दायर गरेको थियो।

इलाम इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै ठेक्का सम्झौतासम्बन्धी सक्कली कागजात पेस गर्न आदेश दिएको देवले बताए। अदालती प्रक्रियापश्चात् ठेक्का लगाउन समय लाग्ने हुँदा यस प्याकेजको भविष्य अझै अनिश्चित छ।

याङवरक–४ दारिम्बादेखि सुरु हुने तेस्रो प्याकेजमा पनि पाँच पटक म्याद थप भइसकेको छ। करिब १७ किलोमिटरको यो प्याकेज सबैभन्दा सहज स्थानमा रहेको छ। रु ४६ करोड ३६ लाखमा रोशन–शिवशक्ति जेभीले ठेक्का लिएको यो प्याकेजमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ।

गत वैशाखमै ठेक्का सम्झौताको अवधि पूरा भएको भए पनि सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले ५० प्रतिशतभन्दा बढी प्रगति भएका ठेक्का नतोड्ने व्यवस्था गरेकाले निर्माण कम्पनीलाई ताकेता गरेर निर्माण कार्यमा लाग्न प्रेरित गरिएको छ।

यस प्याकेजको ठेक्का सम्झौता अवधि थप गर्नेबारे अध्ययन भइरहेको कार्यालयले जनाएको छ। मध्यपहाडी राजमार्गको उद्गम खण्डमा कालोपत्रको कार्य अनिश्चित भएपछि यस क्षेत्रका बासिन्दाले पटक–पटक स्थानीय प्रशासन, तालुकदार निकाय तथा सरकारी अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्।

याङवरक–१ च्याङथापुका नरबहादुर गुरुङले भने, “चार वर्षअघि नै सम्पन्न हुनुपर्ने कालोपत्र अझैसम्म अनिश्चित हुँदा यस भेगका बासिन्दाले धेरै समस्या झेलिरहेका छौँ। अझै पनि कालोपत्र हुने हो कि होइन, निश्चित छैन।” सडक कालोपत्रको काम धमाधम अगाडि नबढ्ने र बर्सेनि बाढीपहिरोले सुस्त गतिमा भइरहेको कार्यमा क्षति पुर्‍याउने गरेको छ।

“धमाधम कालोपत्रको काम नभएपछि अलिअलि गरेको काम पनि बाढीपहिरोले क्षतिग्रस्त बनाइदिँदा सडक निर्माण कार्यले गति लिन सकेको छैन”, याङवरक–१ का तेजेन्द्र राईले भने, “सरकारी निकायले कडाइका साथ ठेकेदारलाई काममा लगाउनु पर्‍यो।”

यही खण्डमा पर्ने याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभाने बाढीले नियमित रूपमा सडक अवरुद्ध हुँदा समेत कालोपत्रको कामलाई अवरोध गरिरहेको छ। निर्माण कम्पनीले सुरुआतदेखि नै निर्माण कार्यमा पर्याप्त स्रोतसाधन र जनशक्तिको परिचालन गर्न नसक्दा यस सडकको भविष्यप्रति नै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन्।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राई निर्माण कम्पनीको लापरवाहीका कारण समयमा सडक कालोपत्र हुन नसक्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको बताउँछन्।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक देवका अनुसार सुरुआतमा निर्माण कार्यमा पर्याप्त जनशक्ति, यन्त्र उपकरण तथा स्रोतसाधनको प्रयोग नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन। तर पछिल्ला वर्षहरूमा अत्यधिक वर्षा, बाढीपहिरोलगायत कारणले अवरोध आउँदा कालोपत्र निर्माण कार्यले गति लिन नसकेको देवको भनाइ छ।

Tags: #पाँचथरकालोपत्रेमध्यपहाडी लोकमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण
विविध

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

by रासस
अशोज २६, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
FEATURE BREAKING

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

इटहरी : प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनापछि जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३
बेँसी झारियो भेडीगोठ

बेँसी झारियो भेडीगोठ

अशोज २६, २०८३
बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

अशोज २५, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

अशोज २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

अशोज २६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.