वितेको २४ घण्टामा प्रदेश १ मा आज १७९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतह नखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला ७ पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीयतह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो वृद्धि सगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।
प्रदेश १ मा आज मात्रै ३६३ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ ।












Discussion about this post