इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलले यहाँका १०६ बर्षीय बृद्वको नि:शुल्क उपचार गरेको छ ।
इटहरी ५ जनताबस्तीका १०६ बर्षीय इन्द्रबहादुर तामाङको सोमबार बेदान्तले नि:शुल्क उपचार गरिदिएको हो ।
उनलाई हाडजोर्नीको समस्याले सताएको थियो । हाडजोर्नी रोग विशेषज्ञ डा. धीरज सिंह र डा. रोबिन श्रेष्ठसहितको टिमले उनको उपचार गरिएको थियो ।
त्यस्तै, डा. आदर्श झा ले प्रेसर सम्बन्धि जाँच गरेका थिए ।
“बृद्वलाई हाडजोर्नी तथा नसा सम्बन्धि जटिल समस्या रहेछ,” बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले टाकुरासँग भने, “हामीले ८० बर्ष भन्दा बढी उमेर समूहकालाई डाक्टर फि पनि नि:शुल्क गरेका छौँ ।”
उनका अनुसार हस्पिटलले ८० बर्ष भन्दा माथिका बृद्वहरुको अन्य उपचार खर्चमा भने २० प्रतिसत छुट गरिदैँ आएको छ ।
यसअघि पनि उक्त हस्पिटलले विभिन्न स्वास्थ शिविर तथा बिपन्नको नि:शुल्क उपचार गर्दै आएको छ ।













Discussion about this post