इटहरीमा थप २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
असोज १७ र १८ गते स्वाब संकलन गरिएका मध्ये २३ जनामा संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा इटहरी २ का २१ वर्षीया महिला, इटहरी ४ का २४, ४२, २६ वर्षीय पुरुष, इटहरी ५ का ५७ वर्षीय पुरुष र ३० वर्षीया महिला, इटहरी ६ का ६२ वर्षीय पुरुष र ५२ वर्षीया महिला, इटहरी ८ का ३६ वर्षीय पुरुष र ४० वर्षीया महिला, इटहरी १७ का २५, ५६ वर्षीय पुरुष रहेका छन् । यस्तै रामधुनी नपा–७ का ११ वर्षीय पुरुष र १४, ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि बिभिन्न अस्पतालमा आफैँ जाँच गराएका मध्ये इटहरी ४ का २५, ४७ वर्षीय पुरुष, इटहरी ५ का ३३ वर्षीय पुरुष र २४, ३७, ५१ वर्षीया महिला, इटहरी ७ का १६ वर्षीय पुरुष, इटहरी २० का ३० वर्षीया महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६३५ पुगेको छ भने ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post