इटहरीमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
असोज १९ र २० गते स्वाव संकलन गरिएको मध्ये आज ४२ जनामा कोरोना पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
कोरोना पोजेटिभ हुनेहरुमा इटहरी २ का ३६, ४९, ५७ वर्षीय पुरुष र ३० वर्षीया महिला, इटहरी ४ का २५, ३०, ३७, ५७, ५८, ६५, ७२ वर्षीय पुरुष, इटहरी ५ का १०, २७, २७, २८, ५०, ५५, ६१ वर्षीय पुरुष र ३८ वर्षीया महिला, इटहरी ६ का ३८ वर्षीय पुरुष र २५, २५, २९ वर्षीयम महिला, इटहरी ७ का ३२, ४० वर्षीय पुरुष, इटहरी ८ का ६४ वर्षीय पुरुष , इटहरी ९ का ३३ वर्षीया महिला, इटहरी १२ का ४८ वर्षीय पुरुष, इटहरी १३ का ६२ वर्षीय पुरुष र ३४ वर्षीया महिला रहेका छन् ।
यसैगरि, इटहरी १६ का ३६ वर्षीया महिला, इटहरी १७ का २६, २६, ३८ वर्षीय पुरुष र ३२, ६५ वर्षीया महिला, इटहरी १८ का ३६ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षीय पुरुष, सुन्दरहरैचा नगरपालिकाका २३ वर्षीया महिला रहेका छन् ।
यस्तै, विभिन्न अस्पतालमा सेल्फ परिक्षण गराएका मध्ये इटहरी २ का ३५ वर्षीया महिला, इटहरी ५ का ५५ वर्षीय पुरुष र इटहरी १७ का ५५ वर्षीया महिला रहेका छन् ।
यो आजको वृद्धिसँगै इटहरीमा हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या ६ सय ९५ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।












Discussion about this post