धरानमा बालिका माथि जबरजस्ति करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेको ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।
डिएसपी बस्नेतका अनुसार धरान ४ का श्रेष्ठले नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्दै आएको जाहेरी अनुसार बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथी जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले बताएका छन् ।
त्यसैगरि धरान १६ का मण्डलले भने सोहि वडाकी १३ वर्षीयबालिकालाई जबरजस्ताी करणी गरेको अभियोगमा मंगलबार पक्राउ गरेको हो । मण्डलमाथी जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।



















Discussion about this post