इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ ।
उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा बसेको वैठकले कोभिड रोग रोकथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो ।
उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गीकरण गरिएको छ ।
इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र, बसपार्क, तरहरा बजार, खनार बजार, पकली चौकलाई रेड जोनमा राखिएको छ । यसैगरी बढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय, इटहरी अस्पताल, यातायात, बैँकहरु, विद्युत कार्यालयलाई रेड जोनमा राखिएको छ ।
रेड जोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि बिना प्रयोजन हिडडुल गर्न बन्द गर्ने निर्णय भएको छ ।
माक्स नलगाई हिड्ने जो कोहीलाई नियन्त्रणमा लिएर सय रुपैँया जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने भएको छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ ।
होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ ।
इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २ सय ८६ जना छन् । इटहरीको आइसोलेसनमा ४५ जना रहेका छन् ।














Discussion about this post