प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका मध्ये सबैभन्दा धेरै संक्रमित सुनसरीमा रहेका छन् । सुनसरीमा १९७ जना छन् भने मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता, मोरङको विराटनगरमा १०९, सुन्दरहरैँचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ ।














Discussion about this post