Tuesday, June 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका कोरोना संक्रमितको गुनासो : ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीका कोरोना संक्रमितको गुनासो : ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’
272
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ४ का प्रकाश नेपाललाई गत असोज ८ गते कोरोना भाइरस संक्रमणको पुष्टि भयो । ५ गते स्वाब दिएका उनलाई ८ गते विहान कोरोना पुष्टि भएको थाहा भयो ।

सामान्य ज्वरो आएर स्वाब दिन गएका नेपाललाई कोरोना पुष्टि भएको करीब २४ घण्टापछि मात्रै एम्बुलेन्सले उनलाई इटहरी उपमहानगरपालिकाले तयार गरेको इटहरी रंगशालामा बस्नका लागि लग्यो । तर, बिडम्बना प्रकाशले सोचेजस्तो न त आइसोलेसनमा उपचार भयो । न, त राम्रो खाना नै खुवायो । बरु उनलाई भेडा बाख्रा थुनेजस्तो अनुभूति भयो ।

‘आइसोलेसनमा पानी पर्दा चुहिएर बस्नै नसकिने अवस्था छ,’ उनले गुनासो पोखे, ‘राम्रो खाना समेत खान नपाईएका कारण हामीले व्यक्तिगत रुपमा नै खाना मगाएर खायौँ ।’

११ देखि १२ बजेको समयमा उसिना चामलको भात र मुसुरीको दालसँग भात खुवाउने गरेको रंगशालामा स्वादै बिनाको खाना खुवाएपछि आँफूहरुले व्यक्तिगत रुपमै मगाएर खाएको उनले बताए ।

भने, ‘नगरपालिकाले खुवाएको खानामा कुनै स्वाद नभएपछि हामीले आफ्नो हिसाबमा मगाएर खायौँ, हामी अलिकति सक्षम हुने मान्छेले खायौँ, केही नहुनेहरुले के गर्ने ?’ १४ दिनसम्म आइसोलेसनमा बस्दा त्यहाँको खानाले झनै बिरामी निम्त्याउने उनको भोगाई छ । ट्वाइलेट र खानेपानीको राम्रो सुविधा भएपनि अन्य कुरामा समस्या रहेको उनको भनाई छ ।

‘सिसि क्यामेरामा निगरानी राखिएको, भित्र भेडा बाख्रा थुनेको जस्तो अवस्था छ,’ उनले गुनासो पोखे, ‘रंगाशालामा निर्माण भएको आइसोलेसनमा बस्नु भन्दा घरमा बस्नु धेरै सुविधा हुन्छ, न एकपटक डाक्टरहरु आएर जाँच गर्छन्, न स्वास्थ्य अवस्था नै सोध्छन् ।’

उनका अनुसार परैबाट कसलाई के समस्या छ भन्ने बिषयमा माइकिङ हुन्थ्यो । साह्रो, गाह्रो भएको खण्डमा आँफूहरुले भनेको अवस्थामा दुखाई कम गर्ने औषधि दिने गरेको उनले सुनाए ।

‘ज्वरो आएमा सिटामोल दिन्थ्यो, एकपटक प्रेसर जाँच समेत हुँदैन,’ नेपालले टाकुरासँग भने, ‘दिउँसो एउटा बिस्कुट र चाउचाउ खानेकुरा हुन्थ्यो, बहुतै समस्या छ ।’ उनले पोषिलो खानेकुरा नदिने गरेकाले आँफूहरुले बाध्य भएर व्यक्तिगत रुपमा खाना मगाउनुपरेको बताए ।

नेपाल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीसँगै बसेका अन्य संक्रमितहरुको पनि गुनासो उस्तै रहेको छ । रंगशालाको आइसोलेसनमा हाल ४ दर्जन बढी संक्रमित रहेका छन् । तर, उनीहरुको व्यवस्थित बसाई र खाना नहुँदा समस्या ज्यूँ को त्यूँ रहेको पीडितको भनाई रहेको छ ।

‘फेसबुकमा त राम्रै चर्चा भएको पाइन्छ, तर वास्तविकता हामीजस्ता पीडितलाई सोधे हुन्छ,’ इटहरी ६ का अर्का संक्रमितले आफ्नो भोगाई सम्झदैँ भने, ‘प्रशासनलाई हामीले खानाको बिषयमा धेरैपटक कम्प्लेन गरेपनि सुनुवाई भएन ।’

उनले आइसोलेसनमा एकै ठाउँमा भेडा, बाख्राजस्तो कोचेर राख्ने गरेको आरोप लगाए । उनले स्तरीय खाना र बस्नको व्यवस्था भनिएर घरबाट आँफूहरुलाई लगिएपनि सोचेजस्तो नभएको गुनासो गरे ।

‘नर्मल मानिसलाई त्यतिको खाना ठीकै हुन्छ, तर बिरामीका लागि भने झनै बिरामी भईन्छ,’ उनले भने, ‘पहुँच नहुने र गरिब, विपन्न मानिसको बिजोग हुन्छ ।’

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको उक्त आइसोलेसन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो । ५ असोजदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक सय बेड क्षमता रहेको छ ।

आइसोलेसन निर्माण समितिका संयोजक भूपेन्द्र बरालका अनुसार इटहरी रंगशालामा १६ वटा शौचालय, ४ वटा वाथरुम, २ वटा लुगा धूने ठाँउ सहितको आइसोलेसन निर्माण गरिएको हो ।

हाल आइसोलेसनमा ५० जना संक्रमित रहेका छन् । इटहरी ९ का वडाध्यक्ष समेत रहेका बरालले भने, ‘खाना राम्रै छ, अहिलेसम्म त हामीलाई केही कम्प्लेन नै आएको छैन ।’

उनले हप्तामा एकदिन मासु समेत खुवाउने गरेको र सुधार हुँदै गएको प्रतिक्रिया दिए ।

Tags: #इटहरी#कोरोना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
FEATURE BREAKING

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

by रासस
असार ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ...

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३
हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

असार ८, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

असार ८, २०८३
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.