धरानमा थप १३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
बुधबार राती थप १३० जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
उनका अनुसार थपिएका संक्रमितहरुमध्ये ९३ जना मंगलबार एन्फा क्वोन्टिनस्थलमा स्वाब लिएकाहरु हुन् ।
त्यस्तै, अन्य ३७ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु रहेको मेहेताले बताए ।
यो सँगै धरानमा कुल संक्रमितहरुको संख्या १ हजार ६१२ पुगेको छ ।














Discussion about this post