इटहरीमा घरबाटै कार चोरी भएको छ ।
चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा योजना बनाइरहेको बेला गएराती इटहरी १२ खनारस्थित बा ९ च ३४०३ नम्बरको सेतो रंगको कार चोरी भएको हो ।
कार चोर्दै गरेको सिसि टिभिले भिडियो रेकर्ड गरेपनि चोरीमा संलग्न भएका व्यक्ति अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिको तस्वीर पनि सार्वजनिक भईसकेको र उनको ब्यापक खोजी कार्य भईरहेको इटहरी प्रहरीले जनाएको छ ।
उक्त नम्बरको कार कतै कसैले देखेमा प्रहरीलाई खबर गर्न समेत अपिल गरिएको छ ।












Discussion about this post