इटहरी : इटहरीमा समाजिक सुरक्षा भत्ता दसैंपछि मात्र वितरण हुने भएकाे छ ।
बिगतका बर्षहरूमा दसैँ अगाडि नै वितरण गरिने गरेकाे भएपनि याे बर्ष काेराेना संक्रमणका कारण वितरण राेकिएकाे हो ।
इटहरी उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै दसैँ पछाडि मात्र भत्ता वितरण गरिने जनाएको हो ।
“उपमहानगरपालिकाक कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको साथै भत्ता वितरण हुने धेरै बैंकहरु पनि बन्द रहेकोले सबै लाभग्राहीहरुको सिस्टममा अपडेट गर्न पनि समय लाग्ने हुदा दसैँ अगाडि सामाजिक सुरक्षा भत्ता वितरण गर्न असमर्थ गरेकाे सबै लाभग्राहीहरुमा जानकारी गराइएको छ ।” बिज्ञप्तिमा भनिएको छ ।














Discussion about this post