सुनसरीमा २ सय सहित प्रदेश १ मा आज ४६८ कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरु मध्ये मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् ।
सुन्दरहरैँचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ ।














Discussion about this post