विभिन्न स्थानबाट हराएका तीन दर्जन बढी मोबाईल सेट ईलाका प्रहरी कार्यालय इटहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
विभिन्न ब्रान्डका ३८ थान मोबाइल सेट फेला पारेर सम्बन्धित धनीलाई बुझाईएको डीएसपी अर्जुन केसीले बताए ।
मोबाईल हराएको, चोरी भएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिनादेखि हालसम्म करीब १८ लाख ५५ हजार ८ सय मूल्य बराबरका ३८ थान मोबाइल सेट फेला पारेर सोमबार सम्बन्धित धनीहरूलाई बुझाएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएदेखि हालसम्म विभिन्न ब्रान्डका अन्दाजी ३ सय ३४ थान मोबाइल सेटहरू फेला पारेर सम्बन्धित धनीलाई बुझाईएको इटहरी प्रहरीले जनाएको छ ।















Discussion about this post