इटहरी २० तरहरामा रहेको धनपुरी गाइज नामक युवाहरुको संस्था सामाजिक काममा सक्रिय बनेको छ ।
बिहीबार तरहराको धनपुरीमा रहेका आधा दर्जन कोरोना संक्रमितको घर–घरमा पुगेर सेनिटाइज गरेको छ ।
धनपुरी गाइजका अध्यक्ष खगेन्द्र खड्काले धनपुरीमा रहेका कोरोना संक्रमितको घरमै पुगेर सेनिटाइज गरेको बताए ।
उनले भने, ‘कोरोना संक्रमणबाट मुक्त भएका तथा कोरोना लागेको घरमा सेनिटाइज गरिएको छ ।’
उनका अनुसार शुक्रबार यहाँका दुई दर्जन बढी बिजुलीको पोलमा बत्ती समेत जडान गरिएको छ ।

वडाले बत्ती दिएपनि जडान गर्न र तारहरुमा लाग्ने खर्च आँफूहरुले ब्यहोरेको खड्काको भनाई रहेको थियो । उनका अनुसार संस्थाले यसअघि उक्त टोलमा सरसफाईका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।
















Discussion about this post