कोरोना सक्रमणका कारण मोेरङ सुन्दर हरैचाका ५ महिने शिशुको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
संक्रमित भएको बालिकाको शुक्रबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् ।उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।
उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।













Discussion about this post