इटहरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरी ४ का ७९ बर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो।
उनको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतकलाई कार्तिक ६ गते संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।












Discussion about this post