पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।
मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११र११ जना, उदयपुर र तनहुँका १०–१० जना, सोलुखुम्बु र सिराहाका ९–९ जना तथा धनुषा र काभ्रेका ८–८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६–६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४–४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३र३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २–२ तथा ओखलढुंगा, भोजपुर, पर्वत, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।













Discussion about this post