एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको सब बेलुका पोखरीमा भेटिएको हो ।
खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल जैसवालले जानकारी दिए ।
दिउँसो ३ बजेदेखि बेपत्ता उनीहरूको खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको उनले बताए ।
माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post