जिल्ला प्रहरी कार्यालय सुनसरीको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दशैं अवधिभर १२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यो तथ्यांक दशैं अवधिभर कार्तिक १ गतेदेखि १५ गतेसम्मको हो । दशैं अवधिमा अनावश्यक जमघट गरि सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने तथा अभद्र व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका १२५ जना मध्ये ८ जनालाई मुद्दा चलाइएको छ भने ११७ जनालाई कागज गरि सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यस्तै, जिल्ला भरि राजमार्गमा तथा भित्री सडकमा आकस्मिकरुपमा गरिएको चेकजाँचको क्रममा ६ हजार १ सय ३९ वटा सवारीलाई चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।
एसपी कमल थापाका अनुसार यो अवधिमा २० लाख बढी राजश्व समेत संकलन भएको छ । उनले दशैँ अवधिभरी २० लाख २८ हजार राजश्व संकलन भएको जानकारी दिए ।















Discussion about this post