सोलुखुम्बुमा श्रीमानले अवैध सम्बन्धमा रहेकी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
सोताङ गाउँपालिका ३ का २९ वर्षीय होम बहादुर राईले श्रीमतीको भाईसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि बुधवार राती खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् ।
दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना यता माइत बस्दै आएकी थिइन । माइत बस्दा २७ वर्षीय नन्दराज राईसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि विवादको क्रममा होम बहादुरले राती नन्द राजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालका अनुसार दुवैबीच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्थामा घटना भएको हो ।
घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली खटी गई हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
हत्या गर्ने राई र नन्दराज राई नाताले दाजुभाई रहेको प्रहरीको भनाई रहेको छ ।















Discussion about this post