विराटनगरमा बिहीबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा महानगरपालिकाको ७ नम्बर वडाका ७० वर्षीय, जहदा गाउँपालिका–३ का ५५ वर्षीय, सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुष रहेका छन् ।
उनीहरू मध्ये ७० वर्षीय बृद्धको आफ्नै घरमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ । बुधबार नोबेल मेडिकल कलेजमा परीक्षण गरिएको उनको साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएकोमा राति ९ बजे वृद्धको आफ्नै घरमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, कोरोना संक्रमण पुष्टि भइ कार्तिक १७ गते अस्पताल भर्ना भएका जहदाका ५५ वर्षीय पुरूषको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिए ।
अर्का सिरहाका कोरोना संक्रमितको भने विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले बताए ।
संक्रमण देखिएपछि उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।













Discussion about this post