इटहरीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी १८ का ५५ बर्षीय पुरुषको आज दिउँसो ३ः३० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतक पुरुषलाई श्वासप्रश्वासमा समस्या आएको थियो । उनलाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।
त्यस्तै इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्यूरो अस्पतालमा दिउँसो ३ः१५ बजे मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको र उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए।
कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको उनले बताए ।















Discussion about this post