Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको पहलमा श्रीलङ्का टापुमा पुग्यो बिजुली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०७७
in समाचार
0
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
212
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीको पहलमा श्रीलङ्का टापुमा बिजुली पुगेको छ ।

प्रतिनिधिसभामा सुनसरी क्षेत्र नं. ४ बाट बिजयी भएका उनले निर्वाचनताका समयमा आँफूले यो क्षेत्रमा भएका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माण गर्ने बताएका थिए । सोही अनुसार कार्कीले पहल गरी यो क्षेत्रमा बिजुली पुर्याएका हुन् ।

साँझ परेपछि टुकी र सौर्य उर्जाको मधूरो उज्यालोमा बस्ने श्रीलङ्का टापुका बासिन्दाहरूले यस बर्षदेखि भन्ने बिधुतीय उर्जा प्रयोग गर्न थालेकाले हर्षित भएका छन् ।

तीन साता अघिसम्म छिमेकी गाउँमा बलेको बिजुली बत्तीको उज्यालोलाई टाढाबाट हेर्दै आफ्नो घरमा टुकी बालेर चित्त बुझाउँथे पाडण्व चन्द्रवंशी र उनका छरछिमेकीहरू । अहिले आफ्नो गाउमा नै बिजुली बल्न थालेपछि आँफूहरु खुशी भएको उनको भनाई छ ।

वराहक्षेत्रमा विद्युतीकरण सुरु भएको चारदशक बितिसकेको छ । तर, श्रीलङ्का टापुका करीब ५ हजार बासिन्दाले भने टुकी र सौर्य उर्जाकै भरमा साँझको स्वागत गर्दै आएका थिए । अरूका लागि सामान्य भएपनि श्रीलङ्का टापुका बासिन्दाका लागि आफ्नो गाउँघरमा बिजुली बल्नु ठूलै उपलब्धि भएको उनले बताए ।

सुगम जिल्लाको दुर्गमस्थल मानिएको श्रीलङ्का टापुमा बिजुली बल्दा गाउँमा खुशीयाली छाएको स्थानीय रामसेवक मेहताले बताए । उनले भने, ‘टुकी र सौर्य उर्जाको ठाउँमा बिजुली बत्ती आयो । बिजुलीलाई सदुपयोग गरेर गाउँका किसानहरूले आयमूलक क्षेत्रमा लागेर जीविका चलाउन सक्ने भएका छन ।’

श्रीलङ्का टापुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत करीब अढाई करोड रुपैँयाको लगानीमा विद्युत विस्तार भएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गइवारले जानकारी दिए ।

उनले भने, ‘अनगोइङ प्रोजेक्ट हो, थप टेण्डर भएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरेका छौं । छुटफुट लाइन भने विस्तार गर्नेछौं । कोरोना सङ्क्रमणका बेला औपचारिक कार्यक्रम गरिएन, हाललाई विद्युत छाडेका छौं ।’

बर्सेनी जङ्गली हात्ती र अन्य जनावरले आतङ्क मच्चाउँदै वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको धनमाल, बालीनाली क्षति पुर्याउने गरेको टप्पुमा बिजुली पुगेपछि जंगली जनावरले समेत दुःख नदिने स्थानीयको विश्वास रहेको वराहक्षेत्र–९ का वडा सदस्य समेत रहेका शम्भु चन्द्रवंशीले बताए ।

Tags: #सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.