इटहरी (डेस्क) : तिहारमा देउसीभैलो खेल्न प्रशासनले अंकुश लगाएको छ ।
कोभिड–१९ को संक्रमण दर तीब्र रहेको समयमा मोरङमा तिहारमा देउसीभैलो र छैठ पर्वमा जमघट गर्न नपाइने भएको हो ।
तिहारमा खेलिने देउसीभैलो र छैठ पर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गर्ने भएको हो ।
तिहार र छैठमा समूहमा मानिसहरू भेला हुने भएकोले त्यसलाई रोक्न निषेधाज्ञा जारी गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । उनले भने, ‘तिहार र छैठमा पनि दसैंमा जस्तै निषेधाज्ञा लगाउने छौँ ।’
तिहार र छैठको समयमा समूहमा हुने भेला रोक्न सुरक्षा संयन्त्र परिचालन गरिने उनले बताए ।














Discussion about this post