इटहरी : सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ ।
यस्तै, सुनसरीकै हरिनगर गाउँपालिका ३ मा आज बिहान साढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रामधुनी १ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।
गौतमपुरमा निर्माणाधिन सडकको लागि पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदाँ घाईते भएका श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post