अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीको पाचौं शाखा इटहरीमा खुलेको छ ।
सन् २००८ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालका पोखरा, काठमाडौँ लगायत ठूला सहरमा शाखा बिस्तार गर्दै पाँचौं शाखा इटहरीमा खोलेको हो ।
बिहीबार एक कार्यक्रम गरी विद्यार्थीबाट नै केक काटेर इटहरी शाखाको उद्घाटन गरिएको हो ।
नेपाली विद्यार्थीलाई अष्ट्रेलिया मात्र लैजाने उद्देश्यका साथ इटहरीको पूर्वलाइनमा हिमाअसको शाखा सुरु गरिएको सञ्चालक उज्ज्वल बस्नेतले जानकारी दिए ।
अरू कन्सल्टेन्सीबाट जादाँ अष्ट्रेलिया पुर्याउने मात्र काम हुने तर हिमाअसले सिम कार्ड, रुम खोज्ने तथा राम्रो व्यवस्थापन गर्नेदेखि रोजगारी सम्मको व्यवस्था मिलाउने बस्नेतले बताए ।
उनका अनुसार पूर्वमा धरानदेखि काँकडभिट्टासम्मलाई लक्षित गरेर इटहरीमा शाखा खोलिएको हो ।












Discussion about this post