पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यो सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या १लाख ७० हजार ६७२ छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ।
यो सँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।













Discussion about this post