पछिल्लो २४ घण्टामा आज बिहीबार देशभर थप २१ सय तीन जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ।
हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ।













Discussion about this post