देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा १९४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।
पछिल्लो समय थप ५ हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ९१ हजार २ जना पुगेको छ । अहिले देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् ।













Discussion about this post