तरहरा : पछिल्लो केही समयदेखि दुर्घटना बढने गरेको आँपगाछीमा होर्डिङ बोर्ड राखिएको छ ।
इटहरी १ आँपगाछीस्थित यातायात कार्यालय अगाडि सडक विभागको लापरबाहीका कारण पछिल्लो समय दुर्घटना बढ्दै आएको थियो । सोही कुरालाई मध्येनजर गर्दै होर्डिङ बोर्ड राखिएको हो ।
सडकको दाँया र बाँयाको बीच भागमा दुर्घटना हुने गरेकाले सो स्थानमा रातमा समेत बल्ने र दुर्घटना कम हुने भएकाले होर्डिङ बोर्ड राखिएको स्थानीय राम निरौलाले जानकारी दिए ।
निरौलाको पहलमा उक्त होर्डिङ बोर्ड राखिएको थियो । दुर्घटनाको हब बन्दै गएको भन्दै आँफूहरुले ट्राफिकसँग समन्वय गरेको उनको भनाई थियो ।
राति पनि बत्ति बल्ने भएकाले दुर्घटना कम हुने उनले विश्वास गरे । पछिल्लो केही समयदेखि त्यस क्षेत्रमा दुर्घटना बढेका कारणले होर्डिङ बोर्ड राखिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

















Discussion about this post