लागूऔषधसहित सुनसरीबाट दुईजना पक्राउ सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लौकही र शशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी गाउँपालिका १ लौकही चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ७ का १९ बर्षीय जुवेर आलम र १९ बर्षीय नियादुद्दिन मियाँ रहेका छन् ।
दुवैको साथबाट डाइलेक्स डिसि १०० एम.एल.को ४४ बोतल वरामद भएको छ भने स्मास्मो प्रोक्सिभन २८८ क्याप्सुल र नाइट्राभेट १० लेखिएको १९९ ट्याब्लेट पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि लागूऔषध ऐन २०३३ बमोजीम जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post