नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी आनुसार थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४३७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।













Discussion about this post