सुनसरीको दुहवीमा एक युवकको शब भेटिएको छ । मसिंर १० गतेदेखि बेपत्ता भएका एक युवकको शव भेटिएको हो ।
दुहबी २ स्थित शुभलक्ष्मी खाद्य उघोगको पछाडिको भागमा सोही ठाउँका १७ वर्षीय सुजन नारायण चौधरीको शब भेटिएको हो ।
उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । मृतकका परिवारका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ भनेर धम्की आएको बताइएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।
मृतकको अनुहार, टाउको र संवेदनशील अङ्गमा गहिरो चोट देखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post