धरानका दुई युवा लागूऔषध, हातहतियार र नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान १० धर्म पथका ४८ वर्षीय पूर्णबहादुर लिम्बू र ५० वर्षीय साखुरा लिम्बू रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पूर्णबहादुरको घरमा लागूऔषध सञ्चित गरी बिक्री वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट DIALEX-DC 100 ml लेखिएको बोतल ३६ थान, ७२ spasmo-proxyvon® plus लेखिएको क्याप्सुल ७२ थान, ६ पत्ता Nitrosun® 10 लेखिएको ट्याब्लेट, नगद रु २९ हजार ५ सय, १ थान एयर गन, १ थान तरबार, २ थान चक्कु , १ थान छुरी र १ थान प्लास्टिकको नक्कली खेलाउने पेस्तोल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post