प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको प्रधानाध्यापक हत्याको दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको हो ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७।०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७।०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’



















Discussion about this post