नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार २४२ जनाको पीसीआर परीक्षण भएकामा ८९९ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
अहिले देशभर ११ हजार ६७३ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३४ हजार २३१ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या १ हजार ६८९ पुगेको छ ।













Discussion about this post