प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २–२, बा¥हदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ४, सुन्दरहरैँचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ ।













Discussion about this post