नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कुल संक्रमित संख्या २ लाख ५० हजार एक सय ८० पुगेको छ । सक्रिय संक्रमित संख्या हाल ९ हजार ८ सय ८१ मा आइपुगेको छ।
मन्त्रालयका अनुसार थप १९ सय ९६ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार पाँच सय ६९ पुगेको छ।
त्यस्तै, आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेको कुल संख्या १७ सय ३० पुगेको छ।













Discussion about this post