कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सघाउ पुर्याउने उद्धेश्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोभिड अनुगमन समिति सुनसरीले भोलि इटहरीमा प्रदेश नं १ मै पहिलोपटक प्लाज्मा दान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका युवा नेता तथा कोभिड अनुगमन समिति सुनसरीका संयोजक विकास केसीका अनुसार कोरोना संक्रमितहरुको उपचारमा सघाउ पुर्याउने उद्देश्यले प्लाज्मा दान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा कोभिड अनुगमन समितिका केन्द्रीय संयोजक डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा इटहरी ४ आइतबारेमा कार्यक्रम आयोजना हुने जानकारी युवा नेता तथा अनुगमन समिति सुनसरीका अध्यक्ष केसीले जानकारी दिए ।
संक्रमित भएकाहरुको अनुगमन गरि सहयोग आवश्यक भएकाहरुलाई आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री वितरण गरेको उनले बताए ।
कोरोना संक्रमितहरुलाई अस्पतालमा उपचार गर्ने वातावरण नभएको अवस्थामा आँफूहरुले अस्पताल प्रशासनसँग समन्वय गरेको बताउँदै केसीले कोरोना भाइरसको महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले प्लाज्मा दान आवश्यक भएकाले यसमा सबैलाई सहयोग गर्न अपिल समेत गरे ।













Discussion about this post