प्रदेश १ मा आज सबैभन्दा कम ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्मण हुनेमा मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको कुल संख्या २९ हजार १४० पुगेको छ ।













Discussion about this post