प्रदेश १ मा आज ४३ जना नया कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरंगमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, मोरंगको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या २९ हजार २३० पुगेको छ ।
प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।












Discussion about this post