प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरी र संखुवासभाको खाँदबारीमा २–२, ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३३२ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज ६० जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ ।













Discussion about this post