प्रदेश १ मा थप ९४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २७, सुन्दरहरैँचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २–२, केराबारी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको कनकाई, बा¥हदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरि, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज थप २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ ।













Discussion about this post