प्रदेश १ मा आज थप ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ११ र भद्रपुरमा १, इलामको चुलाचुली, पाँचथरको याङवरक, ओखलढुङ्गाको चिशंखुगढीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ ।













Discussion about this post