प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्बुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ५, मोरङको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्बुमा १ जनामा संक्रमण देखिएको हो ।
यो सँगै हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।
यस्तै, प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । यो सँगै हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।













Discussion about this post