नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने दाबी गरेका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।
कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए ।
कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे ।















Discussion about this post