प्रदेश १ मा आज थप ६४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मोरङमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैँचामा २–२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १–१, झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ३–३, भद्रपुरमा २, गौरादह र बुद्धशान्तिमा १–१, सुनसरीको धरानमा ६, इटहरी र बर्जुमा २–२, भोक्राहानरसिंहमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६९९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ ।













Discussion about this post